भीरबाट २ सय फिट खसेर पनि बाँचिन् यी महिला, हेलिकप्टर मार्फत उद्दार

Posted on: 30 Dec, 2019

पुस १४, एजेन्सी | अमेरिकाको दक्षिणी क्यालिफोनियामा एक महिला भीरबाट २ सय फिट तल खसेर पनी बाँचेकी छन् | गत शुक्रबार  बिहान ३० वर्ष आसपासकी भनेकी ती महिला लस एन्जलिस काउन्टीको रान्चो पालोस भर्डेसमा रहेको गोरेटो बाटोमा हिँडिरहेको बेलामा भीरबाट तल खसेर लड़ेंकी थिइन् |


बिहान ८ बजेतिर स्थानीयहरुले उनले चिच्याएको सुनेपछि प्रहरीलाई खबर गरेका थिए  | उनी कसरी भीरबाट खसिन् र कति समयपछि अरुले उनको चिच्याहट सुने भन्ने स्पष्ट भएको छैन | भिडियोमा समुद्र तटबाट हेलिकोप्टरको सहायताबाट उनको उद्धार गरिएको देख्न सकिन्छ |


घाइते महिलाको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!