ताइवानमा सैनिक हेलिकप्टर दुर्घटनामा प्रधान सेनापतिसहित ८ जनाको मृत्यु

Posted on: 02 Jan, 2020

पुस १७, एजेन्सी | बिहान ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृत्यु भएको  | वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्ल्याक हक हेलिकप्टर उत्तरी ताइवानको पहाडमा दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ |

उनी उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा गएका थिए | हेलिकप्टरमा सवार पाचँ जनाको भने जिवितै उद्दार गरिएको थियो |  प्रधान सेनापति मिङ र अन्य सात जनाको भने मृत्यु भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ |

दुई मेजर जेनरल, रक्षा मन्त्रालयका उपप्रमुख, लेफ्टिनेन्ट कर्नेल, एक क्याप्टेन, दुई सिनियर मास्टर सर्जेन्ट र एक मेजरको मृत्यु भएको हो | हेलिकप्टर आकष्मिक अवतरणको कारण भने खुल्न सकेको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!