२०२१ भित्र चन्द्र्यान-३ प्रक्षेपणका लागि यस्तो तयारी गर्दै भारत

Posted on: 02 Jan, 2020

पुस १७, एजेन्सी | भारतले २०२१ सम्म चन्द्रयान-३ प्रक्षेपण गर्ने तयारी गरिरहेको छ | चन्द्र्यान २ को परिक्षण असफल भएपछि बुधबार भारतको स्पेस एजेन्सीका अध्यक्ष के सिभनले मानवरहित चन्द्रयान-३ को काम सहज रूपमा अघि बढेको बताएका हुन् |

भारतले चन्द्र्यान ३ लाई २०२० भित्रै पठाउने गरी तयारी गरिरहेको छ तर २०२१ सम्म पनि पुग्न सक्ने अनुमान गरेको छ | यो संगै चन्द्र्यान ३ सफल भए भारत चन्द्र्मामा अन्तरिक्षयान अवतरण गर्ने चौथो राष्ट्र हुनेछ |

रुस, अमेरिका र चीनले चन्द्रमामा अन्तरिक्षयान पठाइसकेका छन् | 

यस अघि भारतले  गत २२ जुलाई मा चन्द्रयान-२ प्रक्षेपण गरेको थियो | यो उडान असफल भए संगै भारतले पुनः अन्तरिक्षयान पठाउने तयारी गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!