इराकमा २४ घण्टा नबित्दै फेरी अर्को आक्रमण

Posted on: 09 Jan, 2020

पुस २४, एजेन्सी | इराकको बगदादमा २४ घण्टाभित्र फेरी आक्रमण भएको छ | यसपटक दुई मिसाइल उच्च सुरक्षा भएको ग्रीन जोनमा खसेको हो | विदेशी दूतावासहरु रहेको उक्त स्थानमा  सुरक्षा अलार्म बज्न थालेको छ | 

अमेरिकाले भने इराकमा रहेको इरान समर्थित शिया विद्रोही संगठन ‘हाशेद’ले आक्रमण गरेको बताएको छ | तर यसको जिम्मेवारी भने कुनै संगठनले  लिएको छैन | पिएमएफ शिया लडाकूको एउटा गुट हो | इरान समर्थित संगठन पिएमएफका अनुसार उनका पाँच सिपाहीको मृत्यु भएको छ | यो आधिकारिक रुपमा इराकी सुरक्षाबलमा समावेश छ । रकेट हमलामा मारिएका मुहंदिस यो संगठनका उप–प्रमुख  हुन् |  ट्रम्प प्रशासनले उनीहरुलाई ब्ल्याकलिस्टमा राखेको थियो |

इराकमा इरान समर्थित कतैब हिज्बुल्ला विद्रोहीलाई अमेरिकाले निशाना बनाइरहेको छ | केहि समय अघि अमेरिकी एयरस्ट्राइकमा यी संगठनका २५ लडाकू मारिका थिए | उसले यो हमला इराकमा अमेरिकी ठेकेदारको मृत्युको बदला लिनका लागि गरेको अमेरिकाको दाबि छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!