ट्रम्पको सम्बोधन पछि इरानले दियो यस्तो प्रतिक्रिया

Posted on: 09 Jan, 2020

पुस २४, एजेन्सी | अमेरिकाले इरानी सेना कमान्डर कासिम सुलेमानिको हवाई आक्रमणमा हत्या गरेपछि इरानले बदला लिने बताएको थियो | बुधबार इरानले इराक स्थित अमेरिकाको सैन्य बेसक्याम्पमा दर्जनौ क्षेप्यास्त्र प्रहार गर्यो |

उक्त आक्रमणमा ८० जना अमेरिकी सैनिक मारिएको इरानको दाबि छ भने अमेरिकाले कुनै मानवीय क्षेती नभएको प्रतिक्रिया दिएको छ | भारतीय संचारमाध्यमका अनुसार अमेरिकासंगको तनाब कम गर्नका लागी भारतको शान्ति प्रक्रियाको पहलाई आफुहरु मान्न तयार रहेको ईरानको भनाइ छ |

विश्वमा शान्ति स्थापनाका लागि भारतले महत्वपूर्ण भूमिका खेल्दै आएको भारतका लागि ईरानी राजदूत अली चेगेनीले बताएका छन् | उनले भने, 'हामी सबै क्षेत्रमा शान्ति र पारस्परिक सहकार्य गर्न तयार छौं' |

अमेरिका र इरानबिचको द्वन्द कम गर्न भारतको शान्तिपहल मान्ने इरानको दाबि रहेको भारतीय मिडियाहरुले जनाएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!