अमेरिकाको तल्लो सदनले गर्यो ट्रम्प विरुद्ध यस्तो निर्णय

Posted on: 10 Jan, 2020

पुस २५, एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानका सेना कमान्डर जनरल कासिम सुलेमानिको ड्रोन आक्रमण गरि हत्या गरेपछि दुवै देशबीच युद्धको आशंका गरिएको थियो | तर अमेरिकाको तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टेटिभ्स'ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग युद्ध लड्ने अधिकारलाई कटौती गर्ने प्रश्ताव गरेको हो |

पारित भएको उक्त प्र्श्तावले आक्रमण भइहालेको अवस्थामा भने  ट्रम्पलाई रोक्ने छैन | तल्लो सदनबाट पारित भएको प्रस्तावको उदेश्य इरानसँग युद्ध गर्न अनिवार्यरुपमा कंग्रेसको मंजुरी लिनुपर्नेछ भन्ने रहेको छ | सदनले यो प्रस्ताव १९४ को विरुद्ध २२४ ले पास गरेको छ | तल्लो सदनले पास गरेपनि रिपब्लिकहरुको बहुमत रहेको माथिल्लो सदन सिनेटबाट भने यो तत्काल पास हुने कुनै सम्भावना छैन | यसले  अमेरिकी राष्ट्रपतिको भिटो अधिकारलाई पनि रोक्न सक्दैन |

सुलेमानिको हत्या पछि गत बुधबार इरानले जवाफमा इराक स्थित अमेरिकी सैन्य क्याम्पमा दर्जनौ क्षेप्यास्त्र आक्रमण गरेको थियो | दुइ देशबिच बढ्दै गएको तनाब रोक्नका लागि अमेरिकाको तल्लो सदनले उक्त प्रश्ताव पारित गरेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!