नाइजरमा भिडन्त, ६० लडाकु र २५ सैनिकको मृत्यु

Posted on: 10 Jan, 2020

पुस २५, एजेन्सी | नाइजरको पश्चिमी क्षेत्रमा रहेको सैनिक शिविरमा बिहीबार राति भएको आक्रमणमा परि कम्तीमा २५ सैनिक मारिएका छन् |

सैन्य अधिकारीहरुका अनुसार पश्चिमी अफ्रिकी  मुलुक मालीको सीमाक्षेत्रमा पर्ने नाइजरको चिनागोद्ररमा घटना भएको हो |

सैनिकहरुमाथि भएको आक्रमणपछिको भिडन्तका क्रममा ६० भन्दा बढी लडाकु मारिएको रक्षा मन्त्रालयले जनाएको छ | घटनाबारे हालसम्म कसैले जिम्मेवारी लिएको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!