इरान विमान दुर्घटना:झुटो बोलेको भन्दै सरकार बिरुद्ध हजारौं प्रदर्शनमा,ट्रम्पको समर्थन

Posted on: 12 Jan, 2020

पुस २७, एजेन्सी | इरानमा  युक्रेनी विमान खसालिएको विषयमा झुट बोलेको भन्दै सरकारविरुद्ध हजारौं मानिस प्रदर्शनमा उत्रिएका छन् | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने उक्त प्रदर्शनको समर्थन गरेका छ | प्रदर्शनका क्रममा अश्रुग्याँस प्रहार गरिएको छ |


इरानले खसालेको युक्रेनको विमानमा १७६ जनाको मृत्यु भएको थियो | त्यस्तै इरानले शनिवार "भुलवश" त्यो विमान खसालेको स्वीकार गरेको थियो |जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानका सैन्य नेता कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको तनाब बढ्दै गएको थियो | बदलामा इरानले इराक स्थित अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको केहि समयमै उक्त विमान खसालेको थियो |

उक्त विमान दुर्घटनामा इरान, क्यानडा, युक्रेन, यूके, अफगानिस्तान र जर्मनीका नागरिकहरूको मृत्यु भएको थियो | विद्यार्थीहरूले विमान खसाल्न जिम्मेवार र उक्त घटना लुकाउनेहरूमाथि मुद्दा चलाइनुपर्ने माग गरेका छन् |

प्रदर्शनका क्रममा उनीहरूले इरानका सर्वोच्च नेता आयतूला अलि खामनेईतर्फ लक्षित गर्दै "मुख्य कमान्डर राजीनमा गर" र "झुटो बोल्नेहरूलाई मृत्यु" भन्दै नाराबाजी गरेका थिए | प्रदर्शनकारिलाई प्रहरीले  अश्रुग्याँस प्रहार  गरि तितरबितर पारेको छ |

अमेरिकी राष्टपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै लेखेका छन्,"इरानका बहादुर तथा पीडित नागरिकहरू: म मेरो कार्यकालको सुरुबाटै तपाईँहरूको पक्षमा उभिएको छु र मेरो सरकार तपाईँहरूको पक्षमा निरन्तर उभिने छ। हामी तपाईँहरूको प्रदर्शनलाई नजिकबाट नियालिरहेका छौँ। तपाईँहरूको साहस प्रेरणादायी छ।"

यस बिषयमा तपाइको प्रतिक्रिया...!