अमेरिकामा हिउँ र हुरीका कारण १० जनाको मृत्यु

Posted on: 12 Jan, 2020

पुस २७, एजेन्सी | शुक्रबार र शनिबार अमेरिकामा  हिउँ, असिनासँगै आएको हुरीका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ | पाँच इन्चसम्मको हिउँ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् |


अमेरिकी राज्यहरू टेक्सासदेखि मिसिगनसम्म आएको विन्टर स्ट्रोमले झन्डै १ हजार बढी उडान रद्द भएका छन् | दुर्घटना बढेको छ, टेक्सासमा  सडक दुर्घटनाको अनुसन्धान गरिरहेका एक जना प्रहरी अधिकारी र अग्निनियन्त्रकको हिउँमा चिप्लिएको कारले ठक्कर दिँदा मृत्यु भएको छ |

अल्बामा, मिसिसिपी, केन्टुकी, टेनेसी र आर्कान्सास राज्यमा झन्डै साढे २ लाख मानिसका घरमा बिजुली काटिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!