फेरी इरानले गर्यो अमेरिकी सैनिक क्याम्पमाथि मिसाइल आक्रमण,युद्धको आशंका

Posted on: 13 Jan, 2020

पुस २८, एजेन्सी | जनवरी ३ मा अमेरिकाले इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानिको ड्रोन आक्रमणमा हत्या गरेपछि दुइ देशबीच बढेको तनाब हालसम्म पनि रोकिएको छैन | बदलामा इरानले गत बुधबार इराक स्थित अमेरिकी सैन्य क्याम्पमा दर्जनौं मिसाइल आक्रमण गरेको थियो |

फेरी इरानले इराक स्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको बेस क्याम्पमा ठूलो आक्रमण गरेको छ | इराकको एक सैन्य बेस क्याम्पमा इरानले आइतबार एकैसाथ कम्तिमा ६ वटा मिसाइलहरू प्रहार गरेको हो जसबाट चारजना इराकी सेना घाइते भएका छन् |

इरानी संचारमाध्यमका अनुसार इरानले अमेरिकी सेनाको इराक स्थित बेस क्याम्पमा मोर्टार बम (मिसाइल) प्रहार गरेको हो | जनवरी ८ को आक्रमण अमेरिकी सैनिकलाई मार्नको लागि नभएको इरानी गार्डहरूको दाबि छ |

तर इरानले अहिले सम्म अमेरिकि सेनामाथि आक्रमण गरिरहेको छ | तर अमेरिकाले इरानसंग बार्ता गर्न तयार रहेको बताउंदै आएपनि इरानले अमेरिकी सैन्य क्याम्पमा हमला गर्दा दुइ देशबीचको तनाब झन् बढ्ने र युद्धको संकेत समेत रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!