पुस २८, काठमाडौँ | फिलिपिन्समा ज्वालामुखीको खतरानाक विस्फोटन हुनसक्ने भन्दै अधिकारीहरूले केहि समय अघि चेतावनी दिएका छन् | सोमवार बिहान राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको टाल ज्वालामुखीबाट लाभा निस्केको थियो |
ज्वालामुखीबाट पहिले खरानीको एउटा विशाल थुप्रो निस्किएको थियो | त्यसपछि आठ हजार मानिसलाई अन्य स्थानमा सारिएको छ | एउटा विशाल तालको बीचमा अवस्थित द्वीपमा भएको उक्त ज्वालामुखी पर्वतलाई विश्वकै साना ज्वालामुखी मानिन्छ |
विगत ४५० वर्षमा त्यो ज्वालामुखी कम्तीमा ३४ चोटि विस्फोटन भएको छ | स्थानीय समयानुसार टाल ज्वालामुखी बिहान २:४९ देखि ४:२८ सम्ममा विस्फोटन हुने स्थितिमा पुगेको ज्वालामुखी तथा भूकम्प हेर्ने फिलिपिन्सको निकाय फिभोल्क्सकाले जनाएको छ |
अधिकारीहरूले ज्वालामुखीका कारण सुनामी आउन सक्ने चेतावनी पनि दिएका छन् आइतवार उक्त ज्वालामुखीबाट खरानीको मुस्लो निस्किएको थियो। त्यो बेला गडगड आवाज निस्किएको थियो तथा जमिन पनि हल्लिएको थियो |
टाल क्षेत्रमा कम्तीमा ७५ वटा भूकम्प गएका छन् | ज्वालामुखीको १४ किलोमिटर वरपरको क्षेत्रमा साढे चार लाख मानिस बसोबास गर्नेगरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ | खरानी परपरसम्म पुगेर खसेपछि मानिसहरूलाई मास्क लगाउन भनिएको छ |
चराचुरुङ्गी र रूखपात पनि खरानीले लतपतिएका छन् | ज्वालामुखीबाट उडेको खरानीका कारण मनिलास्थित अन्तर्राष्ट्रिय विमान पनि प्रभावित भएको छ भने सबै उडान स्थगित गरिएको छ | ज्वालामुखीले विमानस्थललाई समेत क्षेती पुर्याउने बताइएको छ | बिबिसी
यस बिषयमा तपाइको प्रतिक्रिया...!