नासा छिरेको तीन दिनमै १७ वर्षीय किशोरले पत्ता लगाए नयाँ ग्रह

Posted on: 13 Jan, 2020

पुस २८, एजेन्सी | वुल्फ कुकिअर नामका १७ वर्षीय किशोरले नयाँ ग्रहको प्रमाण प्राप्त गरेका छन् | इन्टर्नका रुपमा नासा छिरेको तीन दिनमै उनले पृथ्वीभन्दा ६.९ गुणा ठूलो ग्रह पत्ता लगाएका हुन् |  ट्रान्सिटिङ एक्सोप्लानेट सर्वे सेटेलाइट (टेस) ले उक्त ग्रहबारे धेरै जानकारी हासिल गरेको छ |


नासाले जनाएअनुसार, उक्त ग्रह पृथ्वीबाट १३,०० प्रकाशवर्ष टाढा छ | टेस स्याटेलाइटले कुनै ग्रहको परिधि पत्ता लगाएको यो पहिलो घटना हो | वैज्ञानिकहरूले उक्त ग्रहको नाम ’टिओआई १३३८ बी’ राखेका छन् |

टिओआई अर्थ, टेस अब्जेक्ट अफ इन्ट्रेस्ट हो। ’इन्टर्न’ ले कसरी पत्ता लगाए?  टेस स्याटेलाइटमा जडान गरिएका चार क्यामेराहरूले प्रत्येक ३० मिनेटमा ताराहरू बदलिँदो छविलाई रेकर्ड गरिरहन्छन्, जसको सहारा लिएर वैज्ञानिकहरूले ताराको चमकमा आएको परिवर्तन दर्शाउने ग्राफ तयार गर्छन् |

एउटा फोटोमा देखिएको तारा अर्को फोटोमा देखिएन वा त्यसको चमक कम भएको देखियो भने उक्त ताराको अगाडिबाट कुनै ग्रह गुज्रियो भन्ने अर्थ लगाइन्छ |  टेस स्याटेलाइटले खिचेका तस्बीरहरू ’टेस सिटिजन साइन्स प्रोजेक्ट’ मा अपलोड गरिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!