अमेरिकी ड्रोन आक्रमणमा सुलेमानिको हत्या पछि इरानका विदेशमन्त्री भारत भ्रमणमा

Posted on: 14 Jan, 2020

पुस २९, एजेन्सी | मंगलबार इरानका विदेश मन्त्री मोहम्मद जावद जरिफ तीन दिने भ्रमणका लागि भारत आउने भएका छन् | सैन्य कमान्डर कासिम सुलेमानिको  हत्यापछि इरान र अमेरिकाबीच तनाव बढेका बेला जरिफ भारत आउन लागेका हुन् |

जरिफले बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ |  त्यस्तै भारतको विदेश मन्त्रालयको वार्षिक सम्मेलन रायसेना डाइलगमा पनि आफ्नो कुरा राख्ने  बताइएको छ |  बिहीबार बिहान जरिफले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ |

भेटवार्ता सैन्य कमान्डर सुलेमानिको हत्याका विषयमा गरिने भारतीय संचारमाध्यमले जनाएका छन् | त्यस्तै बिहीबार दिउँसो भने जरिफले मुम्बईमा व्यापारी नेताहरुसँग भेटघाट गर्नेछन् भने शुक्रबार इरान फर्कने कार्यतालिका रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!