हिम पहिरोमा परि काश्मीरमा ५५ पाकिस्तानी सेनाको मृत्यु

Posted on: 14 Jan, 2020

पुस २९, एजेन्सी | काश्मीरमा गएको हिम पहिरोका कारण ५५ पाकिस्तानी सेनाको मृत्यु भएको छ  | भारी वर्षाका कारण पनि हिम पहिरो बढ्न सक्ने सम्भावना रहेको संचारमाध्यमहरुले जनाएका छन् | अझै केहि मानिस बेपत्ता भएका छन् |

बेपत्ता मानिसहको मृत्यु भएको हुनसक्ने बताइएको छ | बेपत्ता भएकाहरुको उद्दार जारी रहेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् | हाल सम्म हिम पहिरो, बाढी, अत्यधिक चिसोका कारण पाकिस्तान र फगानिस्तानमा ११० जनाको मृत्यु भइसकेको छ  |

पाकिस्तानमा मात्र ७५ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएको जनाइएको छ | भारतमा समेत हिम पहिरोमा परि १० जनाको मृत्यु  भइसकेको छ | भारत प्रशासित काश्मीरको सीमा क्षेत्रमा गएको हिम पहिरोमा पाँच जवानको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन् |

सन् २०१२ मा उक्त क्षेत्रमा गएको हिम पहिरोमा परी पाकिस्तानी बटालियन हेडक्वार्टर नै पुरिँदा १२४ सेना र ११ सर्वसाधारणको मृत्यु भएको थियो | सन् १९४७ को स्वतन्त्रतादेखि काश्मीर भारत र पाकिस्तान गरी दुई भागमा विभाजन गरिएको छ | उक्त क्षेत्र आफ्नो दाबी गर्दै आएका दुवै देशबीच तनाव कायमै रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!