इरानका नेताले बोलेको शब्दप्रति ट्रम्पको चेतावनी

Posted on: 19 Jan, 2020

माघ ५, एजेन्सी | पछिल्लो समय इरान र अमेरिकाबीच बढ्दै गएको तनाब रोकिएको थियो | अमेरिकाले ड्रोन आक्रम गरि इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमनिको हत्या गरेपछि चुलिएको विवाद रोकिएको थियो |

अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीलाई 'होसियार बनेर बोल्न' चेतावनी दिएका छन् | इरानका सर्वोच्च नेताले अमेरिका प्रति निच शब्दको प्रयोग गरेर बोलेका छन् | खामेनीले शुक्रबार प्रार्थनासभामा सम्वोधनका क्रममा प्रयोग गरेका शब्दहरूप्रति चासो व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जाल ट्वीट गरेका छन् | ‘खामेनीको सम्बोधनमा प्रयोग भएको भाषा उत्तेजित थियो । खामेनीले बेलायत, फ्रान्स र जर्मनीलाई ‘अमेरिकाको सेवक’भनेर गम्भीर गल्ती गरेका छन् | उनले भने |

ट्रम्पले इरानको अर्थतन्त्र धराशायी भएको र त्यहाँका नागरिक पीडित भएको बताएका छन् | उनले भने नेताले बोल्न होसियार नपुर्याए उनीहरुले यसको नतिजा आफैले भोग्नुपर्ने छ | शुक्रबार तेहरानको प्रसिद्ध मोसाला मस्जिदमा प्रार्थनासभामा सन् २०१२ पछि पहिलो पटक सम्वोधन गर्दै इरानविरोधी शक्तिले दुर्घटनालाई इस्लामिक गणराज्यको विरूद्धमा प्रचारप्रसार गर्न लागि परेको उनले बताएका थिए |

सर्वोच्च नेता खामेनीले तेहरानमा गरेको सम्बोधनमा विमान खसालिनु तीतो यथार्थ भएको र यसले हरेक इरानी नागरिकको मन जलेको बताउँदै तर यसैको आवरणमा केही शक्तिले इरानी विशेष बलका मेजर जनरल कासिम सुलेमानीको शहादत र बलिदानलाई बिर्साउने गरी घटनालाई अतिप्रचारमा ल्याएको भन्दै सचेत हुनुपर्ने बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!