इरान र अमेरिकाबीच शक्ति संघर्ष कायमै,अमेरिकालाई थपियो यस्तो चुनौती

Posted on: 20 Jan, 2020

माघ ६, एजेन्सी | अमेरिका र इरानबीचको तनावले विश्वलाई नै तेश्रो विश्व युद्धको त्रास छर्यो | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सेना प्रमुख जनरल कासिम सुलेमानिको हत्त्या गरेपछि बदलामा इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा आक्रमण गर्यो | जसले गर्दा दुइ देशबीच थप तनाब उत्पन भएपनि दुवै देश आक्रमण र युद्धबाट पछिहट्न बाध्य भए |

फेरी पनि इरान र अमेरिका बिचको शक्ति संघर्ष चलिरहेको छ | इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्प हटाउन संघर्ष थालेको छ भने अमेरिकी फौज इरानबाट बाहिरिए  विजेता इरान हुने अमेरिकी विज्ञहरुको भनाइ छ | इराकको संसदले देशमा रहेका विदेशी फौजलाई बाहिरिन भनिसकेको छ | यो कुरा अमेरिकाका लागि निकै धक्काको बिषय हुने अधिकारीहरुले बताएका छन् | युद्ध अन्त्य गर्ने वाचा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएको तीन वर्षपछि पनि अमेरिकी फौज इरानबाट हटाएका छैनन |

जब अमेरिकाले इरानका सेना प्रमुखको हत्त्या गर्यो त्यसपछि आईएसविरुद्ध अमेरिका–इराकी अपरेसन  ठप्प भएको छ | इराकका  प्रधानमन्त्रीले समेत अमेरिकी फौज फिर्ता हुनुपर्ने बताइसकेका छन् | उक्त निर्णय आगामी हप्ता अर्को सरकारले गर्ने बताइएको छ |

अमेरिकाको बहिर्गमनले थप चुनैती निम्त्याउन सक्ने विज्ञहरुको भनाइ छ | आईएसले विदेशी फौजको अनुपस्थितिमा शक्ति हासिल गर्ने अवसर पाउने र फेरी त्यसले तनाब उत्पन्न गर्न सक्ने विज्ञहरुको भनाई छ | उक्त अवसर पारेर इरानले समेत आफ्नो प्रभावलाई बिस्तार गर्न सक्ने आशंका गरिएको छ |

अमेरिकाको अतिक्रमण पछि तेहरान र वासिन्टन इराकमा  आफ्नो प्रभाव कायम गर्नका लागि संघर्ष गरिरहेका छन | इरानले अमेरिकालाइ उक्त प्रतिष्पर्धामा पछि पारिसकेको छ | मेरिकी अतिक्रमण अवधिमा इरानले  निर्माण गरेका नमिलिसिया समूह अहिले इराकको आधिकारिक सैन्यको अंश बनेको छ |

इरानले इराकमा  राजनीतिक दलभित्र पनि उत्तिकै प्रभाव जमाई सकेको छ | त्यसकारण इराककी संसदले पनि इरानी सैन्य कमान्डर सुलेमानिको हत्या भएपछि इरानको पक्ष लिने बतायो | जसकारण अमेरिकाले सुलेमानिको हत्या पछि अमेरिकालाई इराकबाट निकाल्ने उदेश्य सफल हुने भएको छ |

विज्ञहरुका अनुसार इराकभित्र सबैभन्दा प्रभावशाली देश इरान  भएकोले अमेरिका बाहिरिएपछि उक्त प्रभाव थप बढ्ने छ | हाल  इराकले भोगिरहेको सबैभन्दा ठूलो चुनौती आईएस होइन बरु एक असफल देश हुनबाट बच्नु हो | 

अमेरिकी सेक्रेटरी अफ स्टेट माइक पोम्पियोले  भने अमेरिकाले इराक नछाड्ने बताए पनि सेना कटौती गर्ने बताएको छ जसले अमेरिकाको नाक जोगाउने निर्णय गरेको जानकारहरुको धारणा छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!