इन्डोनेसियामा पुल भत्किँदा ७ जनाको मृत्यु

Posted on: 20 Jan, 2020

माघ ६, इन्डोनेसिया । इन्डोनेसियाको सुमात्रा द्वीपमा एक पुल भत्किँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ ।  कावर शहरको भर्खरै मात्र निर्माण भएको सो पुलमा करिब ३० जना विद्यार्थिहरु पुल पार गर्न लागेको अवस्थामा अकस्मात पुल भत्किएको थियो ।

मुसलधारे वर्षाका कारण यस पुलमुनिको नदीमा पानीको सतह सामान्य भन्दा माथि रहेको जनाइएको छ । पुल भत्किएपछि  सात जनाको पानीमा डुबेर मृत्यु भएको  र तीनजना अझै हराइरहेका प्रकोप व्यवस्थापन निकायका प्रमुख उजांग स्याफिरीले सोमबार एएफपीलाई बताएका छन् ।

नदीमा खसेका केही विद्यार्थीलाई सकुशल उद्धार गरिनुको साथै खोजी र उद्धार टोलीले हराएका विद्यार्थीको खोजीकार्य जारी राखेका छन् ।  इन्डोनेसियाको राजधानी जकार्तामा यसै महिनामा भारी वर्षापछि आएको बाढी पहिरोको कारण करिब ६७ व्यक्तिको मृत्यु भएको छ । –एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!