माघ ७, एजेन्सी | कोरोना भाइरस मानिसबाट मानिसमा फैलन सक्ने खतरा बढेको छ | व्यापक रुपमा चिनमा फैलिइरहेको कोरोना भाइरसले चीनमा अर्का एकजनाको पनि ज्यान गएको छ | हाल सम्म यो भाइरसबाट चार जनाले ज्यान गुमाइसकेका छन् |
सुरुमा निमोनियाको लक्षण देखिएको र कोरोना भाइरसबाट ८९ वर्षीयको ज्यान गएको अधिकारीहरुले बताएका छन् | बेइजिङ र शङ्घाईसहित चीनका प्रमुख शहरहरुमा दुई सय जनाभन्दा बढी मानिसमा कोरोला भाइरसको संकर्मन देखिएको छ |
चीनको गुवाङ्गदोङ्ग प्रान्तमा सङ्क्रमणको दुई वटा घटना मानिस–मानिसबीच प्रसारणको कारण भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ | वुहानमा कम्तीमा १५ जना चिकित्सा कर्मचारीलाई समेत उक्त भाइरसले सङ्क्रमण गरिसकेको वुहान म्युनिसिपल हेल्थ कमिसनले जनाएको छ |
भाइरसबाट सङ्क्रमित भएकाहरुको उपचारको क्रममा सबैलाई छुट्टाछुट्टै राखिएको छ | चार एसियाली देशमा समेत यो भाइरस देखिएको छ | जापान र थाइल्याण्डपछि दक्षिण कोरिया समेत यो भाइरस पुगिसकेको छ | यो भाइरस श्वासप्रश्वाससम्बन्धी समस्याको कारण बन्ने गर्दछ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!