सुलेमानीको स्थानमा इरानले तोक्यो सैन्य कमान्डर,फेरि अमेरिकाले दियो मार्ने चेतावनी

Posted on: 24 Jan, 2020

माघ १०, एजेन्सी | अमेरिकाको ड्रोन आक्रमणमा हत्या गरिएका इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानिको स्थानमा इस्माईल घनीलाई प्रुमुख बनाइएको छ | नियुक्त भए लगत्तै उनले  सुलेमानीको बाटोमा हिँडेर उनको सपना पुरा गर्ने बताएका छन् | 

जिम्मेवारी पाएसंगै उनको यो अभिव्यक्तिले फेरी अमेरिकालाई ब्युझाएको छ | अमेरिकाले उनलाई चेतावनी दिंदै सुलेमानिको बाटो पच्छ्याए नराम्रो हुने बताएको छ | घनीले दिएको अभिव्यक्तिप्रति अमेरिकी विशेष दूत ब्रायन हुकले संचारमाध्यमसंग कुरा गर्दै आक्रोश पोखेका छन | उनले भनेका छन,‘यदि घनीले पनि सुलेमानीको व्यवाहारलाई पछ्याए भने उनको पनि त्यस्तै हालत हुने निश्चित छ |'

अमेरिकी राष्ट्रपति ट्रम्पले यसबारे धेरै स्पष्ट पारिसकेको उनले बताए | जनवरी ६ मा इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानिको अमेरिकी आक्रमणमा गरिएको हत्त्या पछि दुइ देशबीच तनाब कायमै रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!