पाकिस्तानका प्रधानमन्त्रीले लगाए मोदीलाई यस्तो आरोप

Posted on: 24 Jan, 2020

माघ १०, एजेन्सी | पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा मोदी नेतृत्वको सरकार हिटलरको  प्रेरणाबाट चल्ने बताएका छन् | स्वीजरल्याण्डको डाभोसमा बीबीसीसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् | भारतको शासन अहिले अतिवादी विचारधाराबाट चलिरहेको जनाउँदै त्यसको नाम आरएसएस रहेको खानले आरोप लगाएका हुन् |

सन् १९२५ मा आरएसएसको जन्म हुँदा उसको प्रेरणास्रोत नाजी पार्टी भएको जनाउंदै हिटलरको नाजी पार्टीको प्रेरणाबाट चल्ने संस्था मार्फत चलिरहेको बताएका छन् | प्रधानमन्त्री खानले भारतको अहिलेको सरकार हिटलरको नाजी पार्टीको प्रेरणाबाट चल्ने संस्था मार्फत चलिरहेको बताएका छन् | 

उनले काश्मीरको विशेष दर्जा समाप्त गरेको बेलामा पनि भारत सरकारको तुलना नाजीसँग गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!