‘विवाह अघि यौनसम्पर्क नगर्न' सरकारको आग्रह

Posted on: 27 Jan, 2020

माघ १३,एजेन्सी | ब्राजिलमा सानै उमेरमा किशोरीहरु गर्भवती हुने र विभिन्न यौन रोगको संक्रमणबाट पिडित भएपछि सरकारले विवाह पछि मात्रै यौन सम्पर्क गर्न किशोर किशोरीलाई आग्रह गरेको छ | ब्राजिलकी मानवाधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेले भनिन,'तपाईं सेक्स बिना पनि पार्टीमा विभिन्न तरिकाले मज्जा लिन सक्नुहुन्छ | हाम्रो देशका किशोर किशोरी सामाजिक दबाबमा परेर शाररिक सम्बन्ध राख्दै आएका छन् |'

उनले नीति बनाउनका लागि समेत  ‘आई चुज टू वेट’ अभियानको सुरु गरेको बताएकी छिन् | उनले ब्राजिलमा प्रजनन अधिकार र यौन शिक्षाबारे बहस समेत सुरु गरिसकेकी छिन् |  सेक्समाथि अहिलेसम्म बनेका अहिले सम्मका नीति सफल र प्रभावकारी हुन् नसकेको बताएका छन् | धार्मिक मान्यतालाई आधार मानेर आफुहरुले नीति बनाइरहेको उनीहरुको भनाई छ |

यस्तै विशेषज्ञहरुले सरकारको यो अभियानले किशोर गर्भावस्थामा अंकुश लगाउने अहिलेसम्मकै कोसिसलाई हानी पुर्याउन सक्ने बताएका छन् | ब्राजिलमा किशोर गर्भावस्थादर ६२ प्रतिशत विश्वकै सबैभन्दा बढी छ | जसको कारण यौन रोग र संक्रमण भइरहेको छ | 

एल्विसका अनुसार सरकारको उद्देश्य मानिसहरुमा आफ्नो नीति थोपर्नु नभई उनीहरुलाई सूचित र शिक्षित बनाउनु रहेको छ | अर्को महिना देखि ब्राजिलमा सेक्समाथि संयमता अपनाउने अभियान सुरु हुने भएको छ | सयुक्त राज्यमा यस्तो प्रकारको संयम अभियान प्रभावकारी भएको मन्त्री एल्विसले बताइन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!