अफगानिस्तानमा तालिवानीको आक्रमणबाट १३ सुरक्षाकर्मीको मृत्यु,चार घण्टा सम्म भिडन्त

Posted on: 29 Jan, 2020

माघ १५, एजेन्सी | अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिवानको आक्रमणबाट कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको छ | बुधबार बिहान तालिवान लडाकूको एक समूहले साना/ठुला हतियार प्रयोग गरी आक्रमण गरेका हुन् |

स्थानीय संचारमाध्यमका अनुसार १२ सैनिक र एक प्रहरीको घटनास्थलमै मृत्यु भएको हो | उक्त घटनामा आठ सैनिक र चार प्रहरी घाइते भएका छन् | घाइतेहरुलाई उपचारका लागि अस्पताल लागिएको छ | प्रहरीका अनुसार घटनामा १५ तालिवानी लडाकुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् |

सेना र तालिवान बिच करिब चार घन्टा सम्म भिडन्त चलेको बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!