कोरोना भाइरसको संक्रमणबाट १ सय ७० जनाको मृत्यु,विश्व स्वास्थ्य सङ्गठनको यस्तो आग्रह

Posted on: 30 Jan, 2020

माघ १६, काठमाण्डौ | चिनमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय ७० पुगेको छ | विश्वभर फैलिरहेको यो भाइरसबाट  सात हजार सात सय भन्दाबढीमा देखा परिसकेको छ | विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन विश्वलाई आग्रह गरेको छ |

विश्व स्वास्थ्य सङ्गठनको आपतकालीन स्वास्थ्य कार्यक्रमले कोरोना भाइरसबारे सचेत रहन र यसविरुद्ध लड्न विश्वलाई आव्हान गरेको हो | तिब्र रुपमा फैलिरहेको कोरोना भाइरसले विश्वमै खतरा सिर्जना गर्ने विश्व स्वास्थ्य सङ्गठनको निष्कर्ष छ | यसलाई फैलिन नदिन सबैले एकजुट हुनुपर्ने बताएको छ | चीनको वुहानमा देखापरेको कोरोना भाइरस अमेरिका, अस्ट्रेलिया, थाइल्याण्ड, फ्रान्स,नेपाल लगायत विश्वका १६ देशमा  फैलिसकेको छ |

कोरोना भाइरसलाई विश्व स्वास्थ्य आपतकाल घोषण गर्ने कि नगर्ने भन्ने बारेमा बिहीबार फैसला लिइने विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एडहेनोमले बताएका छन | यो समस्या विश्वभरि नै फैलन आशङ्का बढेकोले यसको सावधानीका लागि विश्वनै तयार हुनुपर्ने महानिर्देशक एडहेनोमको भनाई छ |

चिनियाँ अधिकारीहरुका अनुसार चिनमा कोरोना भाइरस संक्रमण भएका  एक सय २४ जना  उपचारपछि पूर्णरुपमा निको भएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!