चीनको सबै इलाकामा कोरोनाभाइरस फैलियो, वैज्ञानिकले प्रयोगशालामै बनाए कोरोनो भाइरस

Posted on: 30 Jan, 2020

माघ १६, काठमाडौँ | छिमेकी मुलुक चीनमा खतरनाक भाईरसको संक्रमण फैलिएपछि त्यसको चासो नेपालमा पनि सर्वत्र छ । 

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ७० पुगिसकेको छ भने हजारौंको शंख्यामा यो रोगबाट संक्रमित भईसकेका छन् । जनवरी २९ सम्ममा यो भाइरसको संक्रमण हुनेको शंख्या ७ हजार ७ सय ११ जना पुगेको छ । पछिल्लो समय यो भाइरस तिब्बतमा समेत देखिएपछि अब यो मेनल्याण्ड चीनको प्रत्येक इलाकामा फैलिएको पुष्टि भएको छ । 

त्यस्तै यो भाइरसको संक्रमण थप १६ वटा देशमा समेत फैलिएको छ । बिहिबार यो भाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गर्ने वा नगर्ने भन्ने विषयमा  विश्व स्वास्थ्य संगठनबीच छफफल हुने बताइएको छ । 

बुधबार विश्व स्वास्थ्य संगठनका डिरेक्टर–जनरल तेद्रोस अदहानोम घेब्रेयेससले भाइरस मानिस-मानिसबीच पनि सर्ने थाहा भएपछि यसले ठूलै चिन्ता निम्त्याएको बताएका छन्  । 

अन्य देशको तुलनामा यो भाईरसले चीनमा बढी संक्रमण फैलाएको छ । तर यसको नियन्त्रणमा ध्यान नदिए यो धेरै माझ फैलिने सम्भावना रहेको बताइएको छ । यो भाईरस नेपाल, अमेरिका, अस्ट्रेलिया, जापान, भियतनाम, श्रीलंका, कम्बोडिया, क्यानडा लगायतका १७ देशहरुमा पुगिसकेको छ ।

Photo: AFP

अस्ट्रेलियाका वैज्ञानिकहरुले प्रयोगशालामै बनाए उक्त कोरोनोभाइरस 

चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरसको महामारीले संसारभरि नै आतंक मच्चाईरहेको बेला अस्ट्रेलियाका वैज्ञानिकहरुले पहिलो पटक प्रयोगशालामै उक्त कोरोनो भाइरस बनाएका छन् । उक्त आविष्कारलाई उनीहरुले सफलता मान्दै यसैको मद्दतले कोरोना भाइरसबिरुद्धको भ्याक्सिन (खोप) निर्माण गर्न सकिन्छ कि भन्ने विश्वास लिएको अन्तराष्ट्रीय संचार माध्यमहरुले जनाएका छन् । 

मेलबर्नका पिटर डोहेर्टी इन्स्टिच्यूट फर इन्फेक्सन एण्ड इम्युनिटीका विशेषज्ञहरुले सो भाइरस संक्रमित रोगीबाट उक्त कोरोनाभाइरस विकास गरेका हुन् । उनीहरुले गत शुक्रबार अस्ट्रेलियामा संक्रमण देखा परेको पहिलो रोगीबाट भाइरसको नमूना लिएको थिए । अस्ट्रेलियामा अहिलेसम्म ५ जनामा सो संक्रमण देखिएको छ भने सबैको अवस्था स्थिर रहेको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!