भारतका वामपन्थी नेता कन्हैया पक्राउ

Posted on: 30 Jan, 2020

माघ १६, एजेन्सी | भारतमा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष अर्थात वामपन्थी नेता कन्हैया कुमार पक्राउ परेका छन् | उनलाई बिहीबार भितिहरवाको गान्धी स्मारण संग्रहालतर्फ गइरहेका बेला बिहारको चम्पारणबाट 

प्रहरीले पक्राउ गरेको हो |

उनले आफु पक्राउ परेको बन्दै ट्विटर मार्फत जानकारी दिएका छन् | 'आज बापू-धाम (चम्पारण) बाट गान्धीजीलाई नमन गरेर गरिब विरोधी नागरिकता संशोधन कानुन र राष्ट्रिय नागरिकता पञ्‍जीकरणको विरोधका लागि एक महिनाको जन-गण-मन यात्रा सुरु हुँदै थियो । विभिन्‍न क्षेत्रका मानिसहरु यस यात्रामा सामेल हुन उपस्थित हुँदै थिए । तर, प्रशासनले केही समयअघि सबैलाई हिरासतमा लिएको छ|'उनले ट्वीट गर्दै भने |

श्वास फेर्न पनि सरकारको अनुमति चाहिने स्थिति आयो भन्दै उनले भनेका छन् |

उनले बुधबार नागरिकता संशोधन कानुनको विरोधमा एक महिना लामो कार्यक्रम घोषणा गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!