बिल गेट्सकी छोरी जेनिफरको फोटो भाइरल,गरिन इन्गेजमेन्ट

Posted on: 31 Jan, 2020

माघ १७, एजेन्सी | संसारका सबैभन्दा धनाढ्य व्यक्तिमा गनिने  बिल गेट्सकी छोरी जेनिफर गेट्सले आफ्ना प्रेमी नायेल नसालसँग इन्गेजमेन्ट गरेको तस्बिर  इन्स्टाग्राम ह्यान्डलमा पोष्ट गरेकी छिन् | अहिले जेनिफर २३ बर्षकी छन् भने उन्ला प्रेमी नायेल २८ का छन् |

नायेलले जेनिफरलाई सुन्दर हिउँले ढाकेको स्थानमा लगेर प्रस्ताव गरेको बताएका छन् | हिराको औंठी दिँदै उनले भने,'जीवन बाचुन्जेल साथ् दिन्छौ' जेनिफरले हुन्छ भनेपछि दुबैले चुम्बन गर्दै अँगालो हाले | जेनिफर बिल र मेलिन्डा गेट्सकी जेठी छोरी हुन् | नायेल इजिप्टका सबैभन्दा युवा धनाढ्यमध्येका एक हुन | उनी एक अर्कालाई चार वर्षदेखि चिन्दै आएका छन् |

इन्गेजमेन्टको तस्बिर राखेर जेनिफरले लेखिन्,'म अब आफ्नो पूरा जीवन तिमीसँग बिताउन प्रतिक्षा गर्न सक्दिनँ ।’उनले भनिन,'म तिमीलाई करोडौं पटक प्रेम गर्न चाहन्छु|’ उनका प्रेमी नायेल नसारले  इन्स्टाग्राममा लेखेका छन्,'म आफूलाई संसारकै भाग्यमानी व्यक्ति महसुस गरिरहेको छु' |

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!