कोरोना भाइरस:चीनमा रहेका नेपाली विद्यार्थी भन्छन्,'हामी टुहुराजस्तै भयौँ,' सरकार बेखबर

Posted on: 31 Jan, 2020

माघ १७, काठमाडौँ | चिनमा देखा पेरेको कोरोना भाइरसका कारण हाल सबै देशले आ-आफ्ना नागरिकलाई चिनबाट फिर्ता लागिसकेको छ | तर नेपाली बिद्यार्थी भने सरकारले कुरा नसुनेको बताइरहेका छन् | चीनको वुहान सहरबाट सुरु भएर विभिन्न देशमा फैलिएको नयाँ कोरोनाभाइरसका कारण विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरिसकेको छ | तर वुहानमा रहेका नेपाली विद्यार्थीहरूले आफूहरूले "टुहुरो महसुस गरेको" बताएका छन् |

नेपाल सरकारले आफुहरुको कुनै गुनासो नसुनेको र द्धारका लागि कुनै कदम नचालेको भन्दै आफूहरू अलपत्र परेको बीबीसीको संग बताएका छन | वुहानस्थित ह्वाङ्जुङ यूनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी (हस्ट) मा इन्जिनीयरिङमा स्नातकोत्तर गरिरहेका नेपाली विद्यार्थी सम्पत न्यौपानेले भने, "हामी शारीरिक रूपमा सुरक्षित छौँ, तर आफ्नै कोठावरपर भएका साथीहरू गइसके।"

"सुरुमा अमेरिका र फ्रान्सले उनीहरूका नागरिक लग्दा हामीलाई डब्ल्यूएचओको भन्दा उच्च मापदण्ड भएका देशले मात्र उद्धार गरेका हुन् जस्तो लागेको थियो," उनी भन्छन्, "तर अहिले भारत, बाङ्ग्लादेश, श्रीलङ्काजस्ता देशले पनि लान थाले।" आफ्नै छात्रावासमा बस्ने अन्य देशका विद्यार्थी स्वदेश फर्केपछि नेपालीहरू चरम मानसिक तनावमा परेको नेपालि विद्यार्थीको गुनासो छ | बेइजिङस्थित नेपाली राजदूतज्यूसँग कुराकानी भएपनि आफु टुहुरा जस्तै हुनुपरेको उनको भनाई छ |

नेपाल सरकारले बेवास्ता गर्नुमा दूतावासले सही सूचना उपलब्ध नगराएको हुन सक्ने नेपाली विद्यार्थीहरूको शङ्का छ | वुहानमै यूरोसर्जरीमा विद्यावारिधि गर्दै गरेका डा. गौरव पोखरेल नेपाली विद्यार्थीहरूमा मानसिक तनाव निकै बढेको बताउँछन् |-बिबिसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!