कोरोना भाइरसका कारण चीनबाहिर पहिलो पटक एक जनाको मृत्यु

Posted on: 02 Feb, 2020

माघ १९, काठमाडौं | चिनबाट सुरु भएको कोरोना भाइरस विश्वभरी संक्रमण फैलिसकेको छ | उक्त भाइरसको संक्रमणबाट  पहिलो पटक चीनबाहिर एक जनाको मृत्यु भएको छ | विश्व स्वास्थ्य संगठनले समेत विश्व स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ |

अन्तरास्ट्रिय संचारमाध्यमका अनुसार फिलिपिन्समा १ जनाको ज्यान गएको जनाएको छ  | मृत्यु हुनेमा ४४ बर्षका पुरुष रहेका छन् | फिलिपिन्सको स्वास्थ्य विभागका अनुसार अस्वस्थ भएपछि ती व्यक्ति जनवरी २५ मा सान लजारो हस्पितलमा भर्ना भएका थिए | हाल सम्म उनको परिचय भनेखुलाइएको छैन |

चीनको वुहान सहरमा देखापरेको कोरोना भाइरसका कारण चीनमा महामारीको रुपलिएको छ | हाल सम्म चिनमा ३०४ जनाको मृत्यु भइसकेको छ | विश्वका दुई दर्जनभन्दा बढी देशमा देखा परेको यो भाइरसका कारण चिनबाहिर फिलिपिन्समा पहिलोपटक एकजनाको ज्यान गएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!