कोरोना भाइरसका कारण आइतबार मात्रै सय जनाको मृत्यु,४० हजार बढी संक्रमित

Posted on: 10 Feb, 2020

माघ २७, एजेन्सी | चीनको वुहानबाट फैलिएको कोरोनाभाइसले महामारीको रुप लिएको छ | आइतबार मात्रै उक्त भाइरसका कारण ९७ जनाले ज्यान गुमाएका छन् | एकै दिन मृत्यु हुनेको संख्या यो अहिले सम्मकै सबैभन्दा धेरै हो |

कोरोनाभाइरसका कारण अहिलेसम्म ९ सय १० जनाको मृत्यु भइसकेको छ। तीमध्ये ९ सय ७ जना मेनल्याण्ड चाइनाभित्रै, एक जना फिलिपिन्स र एक जना हङकङका छन् | हालसम्म  ४० हजार ५ सय ५४ जनामा उक्त भाइरसको  संक्रमण देखिएको छ |

अधिकारीहरुका अनुसार  तीमध्ये ६ हजार ५ सय जनाको अवस्था गम्भीर रहेको छ | अहिलेसम्म कोरोनाभाइरस लागेका ३ हजार ३ सय ४२ जना उपचारबाट निको भएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!