जापानमा पनि कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु

Posted on: 14 Feb, 2020

फागुन २, एजेन्सी | चिनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी रुप् लिएको छ |  चिनबाहिर यो भन्दा अघि एक जनाको हङकङ र एक जनाको फिलिपिन्समा ज्यान गएको थियो | हाल सम्म कोरोना भाइरसका कारण जापानसहित चिनबाहिर तिन जनाको ज्यान गैसकेको छ |

कोरोना भाइरसबाट सङ्क्रमित् ८० वर्षभन्दा बढी उमेरकी एक महिलाको ज्यान गएको जापानका स्वास्थ्य मन्त्रीले  बताएका छन् | गएको जनावरीमा ती महिला बिरामी परेकी थिइन् तर पछिमात्र उनमा निमोनियाको लक्षण देखिएपछि एक अस्पतालमा भर्ना गरिएको थियो |

अन्य थप दुई जनामा समेत कोरोना भाइरसको  सङ्क्रमण देखिएको बताइएको छ | केही हप्ताअघि जापानको बन्दरगाह योकोहामामा जहाजमा यात्रा गरिरहेका ४४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भइसकेको  थियो | हाल सम्म जापानमा दुई सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ | काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार चार सय ८३ पुगेकाे छ भने सङ्क्रमितकाे सङ्ख्या ६० हजारभन्दा बढी रहेको छ |

चीनबाहिर २४ देशमा चार सय ४७ जनामा सङ्क्रमण देखिएकाे छ | विश्व स्वास्थ्य सङ्गठनले विश्व स्वास्थ्य आपत्काल समेत घोषणा गरिसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!