अमेरिकासँग भारतले राम्रो व्यवहार नगरेको ट्रम्पको दाबि

Posted on: 19 Feb, 2020

फागुन ७, एजेन्सी | यहि फागुन १२ गते भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति  डोनल्ड ट्रम्पले भारतले राम्रो व्यवहार नगरेको बताएका छन् | तर आफुलाई मोदी मनपर्ने उनको दाबि छ | अर्को हप्ता भारत आउँन लागेका ट्रम्पले भारतसँग ठूलो व्यापार सम्झौताका भविष्यमा कुनै पनि बेला गर्ने बताएका छन् |

वासिङ्टनमा पत्रकारसँगको कुराकानीमा ट्रम्पले भने,‘भारतले हामीसँग राम्रो व्यवहार गरेन । मलाई प्रधानमन्त्री मोदी निकै मनपर्छ ।’उनले मोदीको तारिफ गरेपनि भारतसँग व्यापार सम्बन्धको विषयमा आफ्नो असन्तुष्टि रहेको बताएका छन |

ट्रम्पको भारत भ्रमणका क्रममा  भारत र अमेरिकाको एक ट्रेड प्याकेजमा हस्ताक्षर हुनसक्ने सम्भावना रहेको समाचार एजेनसी पीटीआईले आफ्नो एक रिपोर्टमा उल्लेख गरेको छ | वासिङ्टनमा पत्रकारसँगको कुराकानीमा ट्रम्पले भने, ‘हामीले भारतसँग व्यापार सम्झौता गर्ने सम्भावना छ । तर मैले यो ठूलो सम्झौतालाई भविष्यका लागि सुरक्षित राखेको छु । हामी भारतसँग एउटा ठूलो सम्झौता त गर्ने छौं तर यो नोभेम्बरको चुनाव अघि हुने नहुने कुरामा भने निश्चित छैनौं ।’ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!