दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण बढ्दै

Posted on: 21 Feb, 2020

फागुन ९, काठमाडौँ | चिनको हुवानबाट फैलिएको कोरोनाभाइरस दक्षिण कोरियामा पनि देखापरेको छ | दक्षिण कोरियाले घातक नयाँ कोरोनाभाइरसको सङ्क्रमण अझ फैलिन नदिन  सुरक्षाकालागि विभिन्न उपाय अपनाइएको छ |

दोश्रो दिन कोरोनाभाइरस सङ्क्रमित भएका मानिसको सङ्ख्या एक्कासि बढेको हो | प्रधानमन्त्री चुङ स्ये-क्यूनले अहिले देशमा सङ्कटकालीन अवस्था भएको बताएका छन् | परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ |

एउटा धार्मिक समूहका सदस्यहरूमा कोरोनाभाइरसको सङ्क्रमण व्याप्त रहेको पाइएपछि अधिकारीहरूले त्यसका ९,००० सदस्यलाई आफैँ क्वारन्टीनमा बस्न भनेका छन् | त्यहाँ शुक्रवार ५२ जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ |अघिल्लो दिन ५३ मानिसमा सङ्क्रमण भएका बताइएको थियो |

दक्षिण कोरियामा अब कुल १५६ जनामा कोरोनाभाइरस रहेको पुष्टि भएको छ | चीनबाहिर र जापानको तटनजिकै रोकिएको एउटा क्रूज पानीजहाजमा भएका सङ्क्रमित मानिसको सङ्ख्यापछि त्यो ठूलो सङ्ख्या हो |

यसै हप्ता केहीअघि चेओङ्डो सहरमा अधिकारीहरूले दक्षिण कोरियामा पहिलो पल्ट एक मानिसको मृत्यु कोरोनाभाइरसका कारण भएको जनाएका थिए |बिबिसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!