अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत आइपुगे

Posted on: 24 Feb, 2020

फागुन १२, काठमाण्डौं |  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका लागि आज भारत पुगेका छन् | पत्नी मेलिनियाका साथ बिहान ११ बजेर ४० मिनेटमा नयाँदिल्ली पुगेका हुन् | ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी आजै मोदीको गृहनगर गुजरात जानेछन् |

अहमदावादको सबैभन्दा ठूलो क्रिकेट रङ्गशाला मोटेरा स्टेडियममा हुने 'नमस्ते ट्रम्प' कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ | उक्त कार्यक्रम अघि मोदीले ट्रम्पलाई सावरमती आश्रममा स्वागत  गरेका छन् | भारतीय विदेश मन्त्रालयका अनुसार नमस्ते ट्रम्पको अवधारणा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको 'हाउ दी मोदी' कार्यक्रमको जस्तै रहेको छ | भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आएका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन् |

यसघि अमेरिकाका तत्कालिन राष्ट्रपति बाराक ओबामाले २०१५ जनवरी २५-२७ मा तीन दिने भ्रमण गरेका थिए | यसअघि पछिल्लो पटक तात्कालीन राष्ट्रपति बाराक ओबामाले २०१५ जनवरी २५-२७ मा तीन दिने भारत भ्रमण गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!