दुई दिने भारत भ्रमणमा रहेका ट्रम्पले गरे यस्तो घोषणा

Posted on: 24 Feb, 2020

फागुन १२, एजेन्सी | दुई दिने भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सेनालाई बलियो बनाउने बताएका छन् | भारतको मोटेरा स्टेडियमलाई उद्घाटन गर्दै आयोइत कार्यक्रमलाई सम्बोधन गर्दै भारतलाई अझै ससक्त रक्षा उपकरण घोषणा गरेका हुन् |

भारतलाई रक्षा उपकरण दिंदै अझै मजबुत बनाउने उनको दाबि छ | भारत-अमेरिका मिलेर आतंकवाद बिरुद्ध लड्ने बताउंदै भने,"हामीले इस्लामिक स्टेटको अन्त्य गरेका छौं । अल बगदादीको हामीले अन्त्य गरेका छौं । अब विश्वभरको आतंकवाद हामी अन्त्य गर्छौं ।"

पाकिस्तानसँग राम्रो सम्बन्ध रहेको बताउंदै राष्ट्रपति ट्रम्पले भने, "पाकिस्तानसँग राम्रो सम्बन्ध भएकै कारण हामी पाकिस्तानसँग मिलेर आतंकवादविरुद्ध लडिरहेका छौं । हामी दक्षिण एसियामा शान्ति र स्थिरता चाहन्छौं ।" उनले भारतीयहरुलाई आफ्नो इतिहासप्रति गर्व गर्न समेत सुझाव दिए | सम्बोधनका क्रममा सम्मान प्रति मोदीलाई धन्यवाद दिएका छन् |

ट्रम्पपछि प्रधानमन्त्री मोदीले सम्बोधन गरेका छन् | उनले अमेरिका-भारतबिच अझै थप सम्बन्ध मजबुत हुने बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!