सिरियामा हवाई आक्रमण,२९ टर्कीस सैनिकको मृत्यु

Posted on: 28 Feb, 2020

फागुन १६, एजेन्सी | सिरियाको हवाई आक्रमणमा परी कम्तीमा २९ टर्कीस सैनिकको ज्यान गएको छ | टर्कीको हातय प्रान्तका गभर्नर रहमी डोगनले हवाई आक्रमणमा सिरियाको शहर इदलिबमा कयौँ व्यक्ति घाइते भएको बताएका छन् |

उक्त आक्रमण आक्रमण उत्तर–पश्चिमी सिरियामा भएको  टर्कीका अधिकारीहरुले बताएका छन् | रिपोर्टका अनुसार हवाई आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या २९ भन्दा बढी रहेको छ | घटनापछि टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दाआनले उच्चस्तरीय सुरक्षा बैठक बोलाएका छन् |

रुसको समर्थन पाएको सिरियाली सेना इदलिबलाई विद्रोहीहरुको नियन्त्रणबाट छुटाउन चाहन्छ | विद्रोहीहरुले पनि टर्की सेनाको समर्थन प्राप्त गरेको जनाइएको छ | गएको वर्षको डिसेम्बरदेखि इदलिबमा युद्ध चलिरहेको छ, जसका कारण लाखौँ सङ्ख्यामा मानिसहरु पलायन भइरहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!