अमेरिकामा पनि कोरोनाभाइरसको सक्रमणबाट एकको मृत्यु

Posted on: 01 Mar, 2020

फागुन १८, एजेन्सी | अमेरिकामा पनि कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ | उक्त भाइरसको सक्रमणबाट ज्यान गुमाएको यो पहिलो घटना हो | वासिंगटनमा करिब ५० बर्षिय एक व्यक्तिको मृत्यु भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् |

यसअघि, क्यालिफोर्निया, ओरेगनमा पनि कोरानाप्रभावित क्षेत्रमा यात्रा नगरेका र त्यस्ता क्षेत्रको यात्रा गरेर आएकाहरुसँग सम्पर्क नरहेकामा पनि यस भाइरसको संक्रमण देखिएको भन्दै स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् |

उक्त भाइरसको संक्रमण फैलन नदिन वासिङ्टनका गर्भनर जे इन्सलेले राज्यमा आपत्कालको घोषणा गरेका छन् | कोरोनाभाइरस संक्रमणका थप बिरामीहरु देखापर्ने सम्भावना रहेको भए पनि यसका लागि अमेरिका तयार रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् |

अमेरिकाले इरान यात्रा कडाइ गरेको छ भने इटाली,दक्षिण कोरिया यात्रा नगर्न भनेको छ | हालसम्म ५७ देशहरुमा ८५ हजारभन्दा बढी यस भाइरसका संक्रमित फेला परेका छन् भने ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ |

चिनको हुब्रे प्रान्तबाट फैलिएको कोरोनाभाइरसले विश्वभरी महामारीको रुप लिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!