कोरोना भाइरसका कारण अस्ट्रेलिया पनि एक जनाको मृत्यु

Posted on: 01 Mar, 2020

फागुन १८, एजेन्सी | कोरोनाभाइरस (कोभिड-१९)को सङ्क्रमणबाट अस्ट्रेलियामा पनि एक जनाको मृत्यु भएको छ | आइतबार जापानमा क्वारेन्टाइनमा राखिएको 'डायमण्ड प्रिन्सेस' पानी जहाजबाट उद्धार गरिएका ७८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्ट्रेलिया सरकारले जनाएको छ |

ती पुरुषको पर्थमा रहेको सर चार्लेस गेर्डनर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो | अधिकारीहरुका अनुसार मृतक पुरुषको परिचय भने खुलाइएको छैन | ति पुरुषलाई पत्नीसहित डार्विन क्वारेन्टाइन क्याम्पबाट अस्पताल  लगिएको थियो |

उनकी पत्नीको अहिले उपचार भइरहेको छ | यसअघि कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको ज्यान गइसकेको छ | हालसम्म विश्वका ५० भन्दा बढी देशमा कोरोना भाइरस फैलिसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!