कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा फेरी अर्को व्यक्तिको मृत्यु

Posted on: 02 Mar, 2020

फागुन १९, काठमाण्डौ | कोरोनाभाइरसको सक्रमणबाट अमेरिकामा फेरी अर्को व्यक्तिको मृत्यु भएको छ | आइतबार मात्रै एक जनाको मृत्यु भएको थियो |  

न्यूयोर्क टाईम्सले जनाए अनुसार  वासिंगटनको किङ्ग काउन्टीमा एक अस्पतालमा उपचार गराईरहेका ७० वर्षीय पुरुषको ज्यान गएको अमेरिकी स्वास्थ्य अधिकारीले पुष्टि गरेको छ | हाल सम्म कोरोनाभाइरस ६० भन्दा बढीदेशमा फैलिसकेको छ | ३ हजार  ५३  जनाको ज्यान नै गैसकेको छ |  संक्रमण सुरु भएको चीनमा २ हजार ९१२ जना र चीनबाहिर १४१ जनाको ज्यान गएको हो |

चीनबाहिर ईरानमा ५४, ईटालीमा ४१ र दक्षिण कोरियामा २२ जनाको ज्यान गएको छ । ६८ देशमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या विश्वव्यापी रुपमा ९० हजार नाघेको बीबीसीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!