भारतको नयाँ दिल्लीमा पनि कोरोनाभाइरस संक्रमित व्यक्ति फेला

Posted on: 02 Mar, 2020

फागुन १९, काठमाडौं | विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) भारतको राजधानी नयाँ दिल्लीमा पनि फैलिएको छ | एक जना नयाँ दिल्ली र अर्को तेलंगनामा कोरोनाभाइरस संक्रमित  व्यक्ति भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ |

दुबई र इटालीबाट आएका ति व्यक्तिहरुमा कोरोनाभाइरसको  संक्रमण देखिएको हो | उच्च सतर्कताका साथ् दुवै बिरामीको अवस्थाबारे निगरानी गरिरहेको अधिकारीहरुले बताएका छन् | भारतमा पहिलो पटक केरलमा एक महिलामा कोरोनाको संकेत देखिएको थियो |

उनीसँगै यसअघि यो भाइरसको संक्रमण देखिएका तीनै जनामा स्वास्थ्य सुधार भइसकेको छ | चिनको हुवान प्रान्तबाट फैलिएको कोरोनाभाइरसका कारण हालसम्म ३ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ |

६५ भन्दा बढी देशहरुमा फैलिएको विश्वस्वास्थ्य संगठनले जनाएको छ | 

कोरोनाको त्रासले विश्वका ठुल-ठुला देशहरुले आवश्यक सतर्कता अपनाई सकेका छन् | उक्त भाइरसबाट बच्नकालागी उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!