कोरोनाभाइरसका कारण अमेरिकामा ६ जनाको मृत्यु

Posted on: 03 Mar, 2020

फागुन २०,एजेन्सी | अमेरिकामा कोरोना भाइरसका कारण थप ४ जनाको ज्यान गएको छ | यस अघि दुई जनाको ज्यान गैसकेको थियो | योसंगै अमेरिकाको वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनको संख्या ६ जना पुगेको छ |

वासिङ्टन राज्यले आफ्नो क्षेत्रमा १८ जनामा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि गरेको छ | केही साता अघि सो भाइरस फैलिएसंगै करिब १५ सय मानिहरुलाई संक्रमण भएको हुनसक्ने अनुमान गरिएको थियो |

अमेरिकामा हालसम्म पाँच राज्यमा कोरोनाभाइरसका संक्रमितहरू भेटिएका छन् | ती संक्रमितहरू वासिङटन, क्यालिफोर्निया, इलिनोइस, रोड आइल्याण्ड, न्यू योर्क, फ्लोरिडा र ओरेगन राज्यमा भेटिएका हुन् |

चिनको वुहानबाट सुरुभएको कोरोना भाइरस तिब्ररुपमा विश्वभर फैलिरहेको छ | खतराको संकेत गर्दै विश्व स्वास्थ्य सगठनले गत महिना विश्व स्वास्थ्य आपतकालको घोषणा समेत गरेको थियो | भाइरस अझै फैलन सक्ने भन्दै उच्च सतर्कता अपनाउन सङ्गठनले आग्रह गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!