भारतमा २८ जनामा कोरोनाभाइरस भेटियो

Posted on: 04 Mar, 2020

फागुन २१, एजेन्सी | भारतमा कोरोनाभाइरस(कोभिड-१९) संक्रमितको संख्या बढेको छ | हाल सम्म २८ जनामा संक्रमण देखिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् | संक्रमित व्यक्तिहरु मध्ये १५ जना इटालीका पर्यटकहरु रहेका छन् | 

उनीहरुलाई नयाँ दिल्लीमा क्वारेन्टाइनमा राखिएको छ | ३ जना केरलामा (स्वस्थ भइसकेको), १ जना दिल्ली, ६ जना आगरा, १ जना हैदराबाद र १६ जना इटालियन पर्यटक, एक जना उनीहरुको ड्राइभर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ |

कोरोनभाइरसको संक्रमण बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले होलीको कार्यक्रममा सहभागी नहुने बताएका छन् | चिनको वुहानबाट फैलिएको कोरोनाभाइरसले विश्व्यापीरुप लिएपछि विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउँन आग्रह गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!