कोरोनाभाइरसका कारण अमेरिकामा ११ जनाको मृत्यु,संकटकाल घोषणा

Posted on: 05 Mar, 2020

फागुन २२, एजेन्सी | अमेरिकामा कोरोनाभाइरसका कारण ११ जनाको मृत्यु भएको छ | उक्त भाइरसको संक्रमणबाट बच्नका लागि क्यालिफोर्निया राज्यमा संकटकाल घोषणा गरिएको छ | आफ्नो राज्यमा कोरोनाभाइरस संक्रमितको पहिलो मृत्यु पुष्टि गर्दै क्यालिफोर्नियाले राज्यमा संकटकालको घोषणा गरेको हो |

हाल सम्म अमेरिकाका १६ राज्यमा संक्रमणका मानिसहरु फेला परेका छन् | स्कारमेन्टो नजिकैको एक अस्पतालमा ७१ वर्षिय एक पुरूषको कोरोनाभाइरस संक्रमणका कारण ज्यान गएको छ | अमेरिकामा १४० भन्दा बढी मानिसमा कोरोना भाइरस देखापरिसकेको छ | 

वासिङ्डनले पनि आफ्नो राज्यमा आपतकालको घोषणा गरेको थियो | अमेरिकाको हाउस अफ रिप्रिजेन्टिभ्सले कोरोनाभाइरसविरुद्ध लड्न आपतकालिन सहायता अन्तरगत ८.३ विलियन डलर रकम खर्च गर्ने अनुमति दिएको छ |

चिनको हुवानबाट सुरुभएको कोरोनाभाइरसको संक्रमण विश्वभरिनै फैलिसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!