टर्कीका संसदहरुबीच बैठकमै यसरी भयो कुटाकुट

Posted on: 05 Mar, 2020

फागुन २२, एजेन्सी | टर्कीमा संसदहरु बिच कुटाकुट भएको छ | बुधबार संसद बैठकमा सत्तारूढ र विपक्षी सांसदबीच झडप भएको हो | 

उत्तर पश्चिमी सिरियामा टर्कीको सैन्य कारबाहीसम्बन्धी छलफलका क्रममा संसदहरुबिच भएको झडपमा राष्ट्रपति रेसेप तय्यिप एन्डोर्गनको पार्टी र प्रमुख विपक्षी दलका सांसदहरूले एकअर्काले मुक्का हानाहान गरेको भिडियो भाइरल भएको छ |विपक्षी दल रिपब्लिकन पिपल्स पार्टीकाका सांसद इंगिन ओजोक रोष्ट्रममा गएपछि विवाद सुरु भएको थियो | उनले राष्ट्रपति एन्डोर्गनमाथि बालबालिकालाई युद्धमा पठाएको आरोप लगाएका थिए | ओजोकले आम टर्किस युवाहरू सिरिया युद्ध लडिरहँदा राष्ट्रपतिका सन्तानले भने अनिवार्य गर्नुपर्ने सैन्य तालिम पनि नलिएको बताए |

हाल सम्म सिरियामा ५० टर्किस सेनाको मृत्यु भइसकेको छ | टर्कीको संसदमा सांसदहरूबीच भएको कुटाकुटको घटना भने नौलो होइन |


यस बिषयमा तपाइको प्रतिक्रिया...!