कोरोनाभाइरसबाट अमेरिकामा १२ जनाको मृत्यु

Posted on: 06 Mar, 2020

फागुन २३, एजेन्सी | अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भइसकेको छ | अमेरिकाको वासिङ्टन राज्यमा ११ जना र  क्यालिफोर्नियामा एक जनाको मृत्यु भएको हो | हाल सम्म अमेरिकामा कोरोना भाइरस १ सय २९ जनामा संक्रमण देखिएको छ |

अमेरिकी राज्य टेक्सासमा १४ संक्रमित व्यक्तिहरु रहेका छन | क्यालिफोर्नियामा क्रुज जहाजमा कोरोनाको संक्रमण देखिएको आशंकामा ३५ सय यात्रु र चालक दलका सदस्यको व्यवस्थापनमा चुनैती भइरहेको बताइएको छ |

उक्त भाइरस दक्षिण कोरिया,इटाली,भारत,अमेरिका,अस्ट्रेलिया,कतार लगायतका ७० भन्दा बढी देशमा फैलिसकेको छ | विश्वभर यसरोगबाट ९५ हजारभन्दा बढी व्यक्तिहरु संक्रमित बनेका छन् |चीनमा हालसम्म ३ हजार १५ जनाले ज्यान गुमाएका छन् भने विश्वभर यसबाट २६७ जनाको मृत्यु भइसकेको छ |

 चिनको हुवानबाट फैलिएको कोरोनाभाइरस महामारीको रुप लिएपछि सबै राष्ट्रहरुलाई उच्च सतर्कता अपनाउँन विश्व स्वास्थ्य सङ्गठनले अनुरोध गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!