यूएईका शासक शेख मोहम्मदले छोरी र श्रीमतीमाथि हिँसा गरको पुष्टि

Posted on: 06 Mar, 2020

फागुन २३, काठमाडौँ | दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले श्रीमती र छोरीमाथि हिंसा गरेको बेलायतको उच्च अदालतले ठहर गरेको छ | उनी गत बर्ष दुई बच्चासहित भागेर बेलायत पुगेकी थिइन् |

बिन्त अल हुसेनले आफू र छोरीको जीवनरक्षाको माग गर्दै दायर गरेको मुद्दामाथि सुनुवाइ गर्दै बेलायतको उच्च अदालतले हिंसा भएको ठहर गरेको हो | आठ महिनादेखि बहस भइरहेको उक्त मुद्दामाशेख मोहम्मदले श्रीमती र छोरीलाई अपहरण, जबरजस्ती फिर्ता, यातना र डर देखाएको भन्ने आरोप बेलायतको उच्च अदालतले पुष्टि गरेको छ |

अदालतले शेख मोहम्मद अदालतप्रति इमान्दार नभएको बताएको छ | उनी  फैसलामा अदालतमा भएनन् | फैसला प्रकाशन भएपछि शेख मोहम्मदले आफू सरकार प्रमुख भएकोले अदालतमा जान नपाएको भन्दै अदालतबाट एकपक्षीय फैसला आएको बताएका छन् |

अदालतले शेख मोहम्मदमाथि हुने कारबाहीको बारेमा भने खुलाएको छैन | मानव अधिकार अभियानकर्ताहरूले अदालतको निर्णयलाई स्वागत गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!