कोरोनाभाइरस : सुरक्षामा ध्यान नदिने देशको सूची लामो भएको विश्व स्वास्थ्य संगठनको दाबि

Posted on: 06 Mar, 2020

फागुन २३, एजेन्सी | कोरोनाभाइरस(कोभिड-१९)को प्रभावले यतिबेला विश्व आतंकित बनेको छ | उक्त अवस्थामा कोरोनाभाइरसबाट बच्न विश्वका केहि देशहरुले उच्च सतर्कता अपनाइरहेका छन् भने,केहि देशहरुले शुरक्षामा ध्यान नदिएको विश्व स्वास्थ्य संगठनको भनाई छ |

बिहिबार विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसबाट बच्न कुनै सुरक्षा व्यवस्था नगर्ने देशहरुको सूचि लामो भएको बताएको छ | हाल सम्म विश्वका ८० देशमा कोरोब्नाभाइरसको संक्रमण देखापरिसकेको छ | त्यस्तै ९५ हजार बढी व्यक्ति संक्रमित भएका छन् भने,३ हजार २ सय ८२ जनाको मृत्यु भएको छ |

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस घेब्रेयोसुसले यस बिषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन | उनले जेनेभामा महामारीसँग लड्नका लागि प्रतिबद्धताको कमी देखिएको बताए | उनले भने, ‘यो समय भनेको पछाडि नहटी मिलेर काम गर्ने बेला हो|’

यस्तो छ विश्वको स्थिति:


यस बिषयमा तपाइको प्रतिक्रिया...!