कोरोना भाइरसका कारण इटालीमा १४८ जनाको मृत्यु

Posted on: 06 Mar, 2020

फागुन २३, एजेन्सी |  इटालीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या  १४८ जना पुगेको छ | अधिकारीका अनुसार इटालीमा  बिहीबारमात्र ४१ जनाको मृत्यु भएको हो | हाल सम्म इटालीका २ वटा शहरमा  कोरोनाको संक्रमण देखिएको छ |

इटालीका विद्यालय, विश्वविद्यालय बन्द भएका छन | त्यस्तै सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा  गरिसकेको छ | हाल सम्म विश्वभरी ९६ हजारभन्दा बढी व्यक्तिमा संक्रमण भएको छ | गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरस सक्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ |

कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४३ जनाको मृत्यु भइसकेको छ | जोखिम नियन्त्रण गर्न दक्षिण कोरियाका प्रधानमन्त्री चुङ स्ये–क्यूनले अनुहारमा लगाउने मास्क विदेश निर्यात गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!