अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो

Posted on: 09 Mar, 2020

फागुन २६, एजेन्सी | अमेरिकामा कोरोनाभाइरस(कोभिड-१९)को संक्रमणवाट २१ जनाको मृत्यु भएको छ | आइतबार ओरेगन राज्यमा आपत्काल घोषणा गरेको छ,भने ३० वटाभन्दा बढी राज्यमा यसको संक्रमण देखिएको छ |

अमेरिकामा हाल सम्म  ५ सय जनाभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिको छ | चिनको हुवानवाट सुरुभएको उक्त भाइरसको संक्रमणबाट विश्वभर ३ हजार ७ सयभन्दा बढीले ज्यान गुमाएका छन् । आइतबार भर्जिनिया र कनेक्टिकट थपिँदा अमेरिकाका ५० मध्ये आधाभन्दा राज्यमा यस भाइरसको संक्रमण फैलिएको हो |

विश्वका ८० भन्दा बढी देशहरुमा उक्त भाइरसको संक्रमण देखापरेको छ | एक लाख भन्दा बढी मानिसहरुमा कोरोना भाइरसको संक्रमण देखा परेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!