कोरोनाभाइरसबाट बच्न उच्च सतर्कता अपनाउँन विश्व स्वास्थ्य संगठनको आग्रह

Posted on: 09 Mar, 2020

फागुन २६,काठमाण्डौ | कोरोनाभाइरसबाट बच्नकालागि आवश्यक उपाय अपनाउन विश्वस्वास्थ्य संगठनले आग्रह गरेको छ | चिनको हुवान प्रान्तबाट सुरुभएको कोरोनाभाइरस हाल विश्वका ८० भन्दा बढी देशमा फैलिसकेको छ |

यस अघिनै विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपत्काल घोषणा गरिसकेको छ,भने नेपाललाई कोरोनाभाइरसको उच्च जोखिम भएको देशमा राखेको छ | कोरोनाभाइरसका कारण विश्वको भविष्य अज्ञात भएको भन्दै उच्च सतर्कता अपनाउँन सङ्गठनले आग्रह गरेको हो |

उक्त कोरोनाबाट जोगिन साबुन पानीले हात धुनु पर्ने संगठनको भनाई छ |  हातले नाक, मुख तथा आँखामा बारम्बार छोइने भएकोले बारम्बार साबुन पानीले हात धुन अनुरोध गरिएको छ | सङ्क्रमित व्यक्तिले हाछ्युँ गर्दा वा खोक्दा र्‍यालसँगै कोरोना भाइरस सर्ने भएकोले डब्लुएचओले अर्को व्यक्तिसँग कम्तीमा एक मिटर टाढा रहन आग्रह गरेको छ |

श्वासप्रश्वास सम्बन्धित समस्या भए नभएको बारेमा सचेत रहन तथा खोक्दा र हाछ्युँ गर्दा नाकमुख छोप्न विश्व स्वास्थ्य संगठनको भनाइ छ |  यस्तै ज्वरो, खोकी वा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएमा घरमै आराम गर्न सुझाव दिइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!