चीनमा कोरोनाभाइरस सङ्क्रमित घट्दै

Posted on: 09 Mar, 2020

फागुन २६, एजेन्सी | विश्वलाई नै चुनैती दिनेगरी फैलिएको कोरोनाभाइरसको उद्गगम स्थल मानिएको चिनको हुवानमा अहिले नयाँ संक्रमित बिरामी घटेका छन् | चिनमा २४ घण्टामा दुई महिनायताकै कम कोरोना सङ्क्रमित भेटिए हुन् |

बीबीसीका अनुसार चीनमा २४ घण्टामा ४० जना नयाँ सङ्क्रमित भेटिएका छन् | चीनमा कोरोनाका नयाँ सङ्क्रमित भेटिने क्रम घट्दै गएपनि अन्य देशहरुमा तिब्र रुपमा बढिरहेका छन् | हाल  विश्वका एक सय ९ देश सम्म उक्त भाइरस फैलिसकेको छ |

कोरोना भाइरसका कारण एक लाख १० हजारभन्दा धेरै मानिसमा सङ्क्रमण भएको छ भने ३८ सय ३१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ | ६२ हजारभन्दा धेरै मानिस उक्त भाइरसको संक्रमणपछि घर फर्किएका छन् |

पछिल्लो समय इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, स्पेन, अमेरिका, जापान, स्विजरल्याण्ड लगायतका देशमा फैलिरहेको छ | इटलीले आफ्ना १४ प्रान्तका एक करोड ६० लाखभन्दा धेरै मानिसलाई यात्रामा पूर्ण प्रतिबन्ध लगाउँदै क्वारेण्टाइनमा राखेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!